कोशी प्रदेश सभाको चालू अधिवेशन अन्त्य
kathmandupati.com · Sat Oct 10 13:15:50 GMT 2026

विराटनगर – कोशी प्रदेश सभाको चालू नवौँ अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य भएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसका आधारमा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)