पोखरामा बसपार्क छिट्टै निर्माण गरिने
barnanmedia.com · Sat Aug 30 22:15:36 GMT 2025

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पृथ्वीचोकमा बसपार्क निर्माणमा आफू सक्रिय रूपमा लागेको बताउनुभएको छ ।
पोखरा–९ दरबारथोकस्थित चण्डी मन्दिरको बहुउद्देश्यीय भवनको आज उद्घाटन गर्दै प्रमुख आचार्यले पर्यटकीय नगरी पोखरामा बसपार्क नहुँदा विदेशी पर्यटकमाझ नराम्रो सन्देश गएकाले बसपार्क छिट्टै निर्माण गरिने बताउनुभयो । लामो समयदेखि बसपार्क क्षेत्रमा बस्दै आएका चार सय सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरी उक्त स्थानमा बसपार्क निर्माण गरिने उहाँले उल्लेख गर्नुभयो । बसपार्कका लागि छुट्याइएको एक सय ४८ रोपनी जग्गामा बस्दै आएका वास्तविक सुकुम्बासीको लगत निकाल्ने काम भइरहेको प्रमुख आचार्यले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)