म्याजिक भ्यान र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
gorkhapatraonline.com · Sat Oct 10 13:24:14 GMT 2026

नवलपुर–मलङ्गवा सडकखण्डस्थित सर्लाहीको हरिपुर नगरपालिका–८, जगतपुर स्कुलअगाडि शनिबार म्याजिक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मलङ्गवा नगरपालिका–७, गणेशियाका ३० वर्षीय अरविन्द साहको मृत्यु भएको हो । साहलाई प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)