विराटनगरमा फूलपाती भित्र्याइयो
annapurnapost.com · Sat Oct 21 12:20:50 GMT 2023
विराटनगर : मोरङका विभिन्न ठाउँ लगायत विराटनगरमा बडा दसैंको सातौ दिन शनिबार परम्परागत रूपमा फूलपाती भित्र्याइएको छ। विराटनगरको जिल्ला अदालतबाट बाजागाजासहित निस्किएको धार्मिक र्यालीले फूलपाती बढाई गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो।
फूलपाती भित्र्याउनुअघि र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दसैंरस्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेको थियो। दुर्गा भवानीको प्रतिमा राखिएको दसैंघरमा उखु , अदुवा , बेलपत्र , दारिम , अशोकको फूल लगायतका नवपत्रिका (फूलपाती) भित्र्याइने परम्परा रहेको छ। फूलपातीको दिनदेखि शक्तिपिठहरूमा पूजाआजाका लागि भीडभाड बढ्ने गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)