बाढीबाट सुनसरी मोरङ औद्योगिक कोरिडोरका ४१ उद्योगमा रू. २ अर्ब ४८ करोडको क्षति
abhiyandaily.com
विराटनगर (अस) । सुनसरी मोरङ औद्योगिक कोरिडोरका ४१ उद्योगमा बाढीले रू. २ अर्ब ४८ करोड ८९ लाख ८ हजार बराबरको क्षति पुगेको छ । उद्योग संगठन मोरङले गरेको सर्वेक्षणको पहिलो चरणको प्रतिवेदनअनुसार बाढीबाट प्रभावित उद्योगमध्ये २७ ओटा उद्योग १ हप्तापछि सञ्चालनमा आएका थिए । त्यसैगरी सातओटा उद्योगलाई अभैm २ हप्ता लाग्ने र तीनओटा उद्योगलाई ४ हप्ता र चारओटा उद्योगलाई पूर्ववत् सञ्चालनमा आउन ४ हप्ताभन्दा बढी समय लाग्ने बताइएको छ । ।
बाढीका कारण मेशिन औजार रू. ९८ करोड १७ लाख १८ हजार, कच्चा पदार्थमा रू. ७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुमा रू. ७६ करोड ४ लाख ५ हजार र सरसफाइ तथा फोहोर व्यवस्थापनमा १ करोड ७१ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)