मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

देवदहलाई हराउँदै हनामी बीएफसी चितवन सेमिफाइनलमा प्रवेश

gorkhapatraonline.com · Sat Oct 10 13:58:05 GMT 2026

पाल्पाको रामपुरमा जारी चौथो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगितामा हनामी बीएफसी चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा देवदह ब्वाईज रुपन्देहीलाई ४–१ गोल अन्तरले पराजित गर्दै हनामीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

रामपुर नगरपालिका–७, किसानबारीस्थित ज्योतिपुञ्ज खेल मैदानमा भएको खेलमा देवदह ब्वाईजले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफको २१ औँ मिनेटमा सुवाष नेपालीले गोल गर्दै देवदहलाई १–० को अग्रता दिलाउनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)