मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

barnanmedia.com · Sat Oct 10 14:02:51 GMT 2026

कैलाली र झापाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-४ शिव पुरीधाम बस्ने ५२ वर्षीय गणेश खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेशसहित सात जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५१ हजार आठ सय ७५ रुपैयाँ र दुई बुक तासबोसहित पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)