आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
corporatenepal.com · Sun Aug 09 00:37:09 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ २७ पैसा र बिक्रीदर १७५ रुपियाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ३६ पैसा र बिक्रीदर २०५ रुपियाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ५९ पैसा र बिक्रीदर १८८ रुपियाँ ३३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ०४ पैसा र बिक्रीदर १०७ रुपियाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ४५ पैसा र बिक्रीदर १०८ रुपियाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ६७ पैसा र बिक्रीदर ११९ रुपियाँ १४ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)