बिडीधनी देखाउँदा पनि बैतडी प्रहरीले ‘बेवारिसे मुचुल्का’ बनाएको आरोप
kendrabindu.com · Sun Aug 09 00:59:42 GMT 2026

बैतडी । प्रहरीले नगर बसबाट अवैध बिडी बरामद गरेको घटनामा प्रहरीको अनुसन्धान प्रक्रिया नै विवादमा परेको छ । नगर बसका सहचालकले बिडीधनीलाई प्रहरीसमक्ष देखाएको दाबी गरे पनि प्रहरीले भने उक्त बिडीलाई ‘बेवारिसे’ उल्लेख गर्दै मुचुल्का तयार पारेर भन्सार कार्यालयमा बुझाएको स्थानीयले आरोप लगाएका छन् ।
गत आइतबार विशेष सूचनाका आधारमा झुलाघाटबाट सतबाँझतर्फ आउँदै गरेको दशरथचन्द नगरपालिकाको नगर बसलाई गोठलापानी बजारमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा २८ बण्डल घोडा ब्रान्डको अवैध बिडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)