एउटै खाल्टोमा पुरिए दुई बालबालिका
rajdhanidaily.com · Sun Oct 16 23:14:03 GMT 2022
दाङ । २७ असोजकोे साँझ घरबाट निस्केका १४ वर्षका शरद आचार्य भोलिपल्ट बिहानसम्म पनि सम्पर्कमा नआएपछि घरपरिवार आत्तिए । दंगीशरण गाउँपालिका–६ थपगाउँ घर भएका शरद तुलसीपुर उपमहानगरपालिका–१३ दमागरगाउँस्थित मावलीको घरमा बस्दै आएका थिए ।
सानै उमेरदेखि सँगै बस्दै आएका नाति हराएपछि मावलकी हुजुरआमा यामकुमारी खड्का आतिइन् । दमागरगाउँ प्रहरीचौकी हुँदै इलाका प्रहरी कार्यालय तुलसीपुरसम्म खबर गरिन् । तर, प्रहरीले त्यति चासो दिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)