विदेशको क्रेडिट नेपालमा ट्रान्सफर गरी पढाइलाई निरन्तरता दिन सकिने
ratopati.com · Sun Aug 09 01:17:15 GMT 2026

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले नेपालको उच्च शिक्षा प्रणालीलाई थप लचिलो, आधुनिक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले ‘एकेडेमिक क्रेडिट बैङ्कको स्थापना र सञ्चालन निर्देशिका, २०८२’ जारी गरेको छ । मुलुकभित्र एवम् बाहिर विद्यार्थीले उच्च शिक्षा अध्ययन गरी आर्जन गरेको शैक्षिक क्रेडिट सञ्चय र ट्रान्सफर गरी उच्च शिक्षामा विद्यार्थीहरूको गतिशीलता तथा निरन्तरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोगले निर्देशिका जारी गरेको हो ।
अध्ययनका क्रममा विदेशबाट नेपाल फर्किनुपरेमा अब नेपालकै विश्वविद्यालयमा पढाइलाई निरन्तरता दिन मिल्ने भएको छ । नेपालका जुनसुकै विश्वविद्यालयमा सहजरूपमा क्रेडिट ट्रान्सफर गरी अध्ययनलाई निरन्तरता दिन सकिने निर्देशिका आयोगले तयार पारेको छ । अध्ययनकै क्रममा विदेश जानुपर्ने अवस्था आएमा विद्यार्थीको क्रेडिट सुरक्षित रहने व्यवस्था निर्देशिकामा गरिएको छ । अध्ययन स्थगन गरी विदेश गएका विद्यार्थीहरूले पछि फर्किएर आफ्नो पढाइ सहजै पूरा गर्न सकुन् भन्ने उद्देश्यले ‘क्रेडिट बैंक’ को अवधारणा कार्यान्वयनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)