२६ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योगको प्रारम्भिक परिक्षण, ‘खट्खट्’ तान चल्न थाल्यो
kendrabindu.com · Sun Aug 09 01:31:29 GMT 2026

काठमाडौं । साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम सञ्चालन गरेर शनिबार प्रारम्भिक उत्पादन परीक्षण गरेको हो।
नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौँले उद्योग परिसर सरसफाइ, मेसिनहरूको प्रारम्भिक मर्मत गर्नुका साथै उद्योगको लुम (तान) परीक्षण सञ्चालन गरेको हो। नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक र विभिन्न दर्जाका सैनिक विगत चालिस दिनदेखि उद्योग सञ्चालनका लागि खटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)