सामाजिक विकासमन्त्री साम्सोहाङद्वारा कोभिड अस्पतालको निरीक्षण
deshsanchar.com · Sun Aug 29 16:23:42 GMT 2021
मोरङ – तीन दिनअघि मन्त्री नियुक्त भएका प्रदेश १ का सामाजिक विकासमन्त्रीले स्वास्थ्य निकायको स्थलगत निरीक्षण गरेका छन्।
सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले आइतबार विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रको निरीक्षण गरेका हुन्। प्रदेश १ सरकारद्वारा सञ्चालित उपचार केन्द्रको निरीक्षणका क्रममा मन्त्री साम्सोहाङले कोरोना संक्रमितको उपचारमा गुनासो नआउने गरी कार्य गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)