पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो
lokaantar.com

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष शनिबार औँसी तिथिमा श्राद्ध गरेसँगै समाप्त भएको छ। पितृ पक्षको अन्तिम दिन राजधानीको गोकर्णेश्वर उत्तरगया धाममा श्राद्ध गर्ने श्रद्धालुको घुइँचो लागेको थियो।
वैदिक सनातन हिन्दू परम्पराअनुसार पितृ पक्षमा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गर्ने चलन छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यसलाई अपर र प्रेत पक्ष पनि भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)