मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सहकारीमा महिला सहभागिता ५७ प्रतिशत

ekantipur.com · Sun Jun 19 01:14:53 GMT 2022

कास्की — गण्डकी प्रदेशमा पछिल्लो समय सहकारीको संख्या बढेको छ, जसले पिछडिएको वर्ग, महिला, दलित, जनजातिलाई नेतृत्वमा पुर्‍याउने काम गरेको छ । साथै महिलाहरू आर्थिक रूपमा पनि सक्षम हुँदै गएको एक सर्वेक्षणले जनाएको छ ।

गण्डकीको करिब ४७ प्रतिशत जनसंख्या सहकारीमा आबद्ध छ । यसमध्ये महिला सहभागिता ५७.५ प्रतिशत रहेको बताइएको छ । गण्डकीको अर्थ मन्त्रालयले पहिलोपटक गरेको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । प्रदेशको आर्थिक विकास र समृद्धिका लागि आर्थिक सर्वेक्षण आवश्यक रहेकाले हालै मात्र सर्वेक्षण गरिएको अर्थमन्त्री रामजीप्रसाद बरालले जानकारी दिए । सहकारीले महिलालाई सामाजिक, राजनीतिक र आर्थिक व्यवस्थापनमा सकारात्मक भूमिका खेलेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)