पहिलो टेलून ओपन टेनिसको उपाधि प्रदिप र निहाललाई
annapurnapost.com · Sat Oct 10 15:23:18 GMT 2026
काठमाडौं : पहिलो टेलून ओपन टेनिस टुर्नामेन्ट्को पुरुष डबल्सतर्फको उपाधि प्रदिप खड्का र निहालजंग थापाको जोडीले जितेको छ।
शनिबार भएको फाइनल प्रतिस्पर्धामा शाश्वत बज्राचार्य र करणबहादुर थापाको जोडीलाई पराजित गर्दै प्रदिप र निहालको जोडी च्याम्पियन बनेको हो। डेली कम्फर्टको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ६५ वर्षमाथिको उमेर समूहको सिङ्गल्सतर्फ कमल थापाले उपाधि जितेका छन् भने ध्रुव गुरुङ उपविजेता बने। सोही उमेर समूहको डबल्सतर्फ कमल थापा र चम्बा धोन्धुपको जोडीले पहिलो स्थान हासिल गर्दा प्रकाश बोगटी र विक्टर राणाको जोडी दोस्रो भयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)