मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा संविधान र संसदीय व्यवस्था असफल भयो : नेकपा

ekagaj.com · Sun May 23 00:29:51 GMT 2021

काठमाडौँ : माओवादी र एमालेलाई अलग-अलग बनाइदिएको ऋषिराम कट्टेल नेतृत्वको नेकपाले संविधान सभाबाट निर्मित संविधान अनरुप बनेको संसद् पटक–पटक असफल हुनु संसदीय व्यवस्थाको असफलता भएको बताएको छ । पार्टी संयोजक कट्टेलले विज्ञप्ति जारी गर्दै आन्तरिक झगडाका कारण संसद् रहेका बेला पनि क्रियाशील हुन नसकेको बताएका छन् ।

‘संविधान सभाको निर्वाचन, संविधान सभाबाट जारी भएको संविधान, त्यस अनुसार भएको निर्वाचन र झण्डै दुई तिहाई बहुमत भएको सरकारले पनि देशको सामू विद्यमान संकटको समाधान दिन नसकी, संसदवादीहरूबीचको आन्तरिक झगडाका कारण, संसद रहँदा पनि क्रियाशील नहुनु र पटकपटक विघटन हुनु केवल संसदवादी दलहरुको अयोग्यताको कारण मात्र नभई सिङ्गो संविधान र संसदीय व्यवस्थाको असफलताको द्योतक हो,’ कट्टेलले विज्ञप्तिमा भनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)