बेनी–जोमसोम सडकमा जोखिम, यात्रा चुनौतीपूर्ण
gorkhapatraonline.com · Sat Oct 10 15:56:22 GMT 2026

बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतविक्षत बनेको कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडक मर्मत सम्भारपछि एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।
सुरक्षित रूपमा यातायात सञ्चालन गर्न अझै चुनौतीपूर्ण छ । सडक साँघुरो, हिलाम्मे र जोखिमपूर्ण भएकाले सवारीसाधन घण्टौँसम्म जाममा पर्नेगरेका छन् । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएर र कालिगण्डकीमा आएको बाढीले कटान गरेको स्थानमा नयाँ ट्रयाक खोलेर सडक सुचारु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)