इन्ज्युरी समयको गोलमा बार्सिलोना विजयी
ekantipur.com · Sun Nov 05 01:04:30 GMT 2023
म्याड्रिड — बार्सिलोनाले इन्ज्युरी समयमा सम्भव एक मात्र गोलको मद्दतले स्पेनी ला लिगामा शनिबार रियल सोसिडाडमाथि १–० को नाटकीय जित निकालेको छ । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा रोनाल्ड एराजोले गोल गरे र यसलाई ‘भार’ ले मान्यता दिएको थियो ।
यो जितपछि बार्सिलोनाको २७ अंक छ र तेस्रो स्थानमा छ । उसको ठीक अगाडि रियल म्याड्रिड २८ अंकमा रहेको छ । लिग तालिकाको शीर्ष स्थानमा भने अर्को क्याटलान क्लब जिरोना रहेको छ र उसको ३१ अंक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)