विद्युतीय स्वास्थ्य सूचना रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली विस्तार र गलकोटको अनुभव
swasthyakhabar.com · Sat Aug 19 01:51:00 GMT 2023
गलकोट नगरपालिका गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाका कुल १० स्थानीय तह मध्येको एक हो। वि.सं २०७३ साल फागुन २३ गते पुन:संरचनाका क्रममा साविक दुदिलाभाटी, नरेठाटी, हटिया, हरिचौर, मल्म, काडेबास, पाण्डवखानी र रिघा गाविस समावेश गरी गलकोट नगरपालिकाको स्थापना गरिएको हो। गलकोट नगरपालिकामा १ नगर अस्पताल, ७ स्वास्थ्यचौकी, ३ आधारभूत स्वास्थ्य सेवा केन्द्र २ सहरी स्वास्थ्य केन्द्र रहेका छन।
मिति २०७९-०९-१७ गतेदेखि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी गलकोट नगर अस्पतालको रुपमा सञ्चालन गरीसकेपछि गलकोट नगर अस्पतालमा अनलाइन बिलिङ प्रविधि तथा अनलाइन रेकर्डिङ प्रविधि सञ्चालन गर्नका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा समन्वय गर्दा निर्देशनालयबाट अस्पतालका साथसाथै सबै संस्थामा अनलाइन अभिलेख राख्न मिल्ने गरी गण्डकी प्रदेशमा नै पहिलोपटक पाइलट प्रोजेक्टको रुपमा इलेक्ट्रोनिक हेल्थ इन्फर्मेसन रेकर्डिङ एन्ड रिपोर्टिङ सिस्टम ( विद्युतीय स्वास्थ्य सूचना रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली ) सफ्टवयर गलकोटबाट सुरु गर्न सकिने योजना बन्यो। तर ल्यापटप, इन्टरनेट लगायतका उपकरणहरु एवं स्वास्थ्यकर्मीलाइ तालिमका लागि आवश्यक बजेट सम्बन्धीत स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने जानकारी प्राप्त भएपछि नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष ज्यूहरु, शाखा प्रमुखहरु लगायतको बैठकबाट गलकोटमा सबै स्वास्थ्य संस्थाको अभिलेखलाई डिजिटलाइजेशन गर्नका लागि गलकोट नगरको तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गर्ने निर्णय भए पश्चात गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यलयको समन्वयमा मिति २०७९।१२।२६ र २७ मा स्वास्थ्यकर्मीहरुलाई तालिम सञ्चालन गरियो र अनलाइन प्लेटफर्मको युजर आइडी र पासवर्ड उपलब्ध गराउने कार्य भयो र २०८० बैशाख १ गते देखि अनलाइन अभिलेख सुरु भयो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)