दरमखोला हाइड्रो इनर्जीले बोलायो साधारण सभा, के–के छन् एजेन्डा ?
arthasansar.com · Sun Aug 09 02:57:44 GMT 2026

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी भदौ १४ गते आइतबार दिउँसो २ बजे अनामनगरस्थित किम्ची रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा आफ्नो वार्षिक साधारणसभा बोलाएको छ। यो साधारणसभामा सञ्चालक समितिमा सर्वसाधारण समूह ‘क’ तर्फबाट ३ जना नयाँ सञ्चालकहरूको निर्वाचन गर्ने प्रमुख विषयमाथि छलफल हुनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने देखिएमा सोको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
यसका साथै, सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूमाथि विस्तृत छलफल गरी पारित गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)