दोलखामा कोभिड अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट: 'मारिदिन्छौं भनेर भनेर धम्की दिए'
swasthyakhabar.com · Sun Jun 27 17:05:00 GMT 2021
काठमाडौं – दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्ने ४ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
डाक्टरमाथि कुटपीट गर्ने दोलखाको तामाकोसी गाउँपालिका–५ का २८ वर्षीय रोशन पोखरेल, तामाकोसी गाउँपालिका–४ का ३२ वर्षका गोपाल तिमिल्सीना, ५० वर्षका बिजुले नेपाली र ४० वर्षका कुमार श्रेष्ठविरुद्ध पीडित डाक्टर रोविस कार्कीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको कसूरमा कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)