मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्डा उत्पादन धेरै उपभोग कम

gorkhapatraonline.com · Sat Oct 15 01:19:49 GMT 2022

काठमाडौँ, असोज २९ गते । विभिन्न कार्यक्रम गरी शुक्रबार विश्व अन्डा दिवस मनाएको छ । सन् १९९६ मा विश्व अन्डा आयोग (इन्टरनेसनल एग कमिसन) स्थापना भएपछि अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्व अन्डा दिवस मनाउँदै आएको हो । यो वर्ष ‘उत्कृष्ट जीवनका लागि अन्डा’ मूल नाराका साथ विश्वभर नै यो दिवस मनाएको हो । नेपालमा चितवनलगायत विभिन्न ठाउँमा यो कार्यक्रम गरी विश्व अन्डा दिवस मनाएको अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो ।

नेपालमा मागभन्दा बढी अन्डा उत्पादन हुने गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो तर विश्वको तुलनामा नेपालमा अन्डाको उपयोग निकै कम रहेको उहाँले बताउनुभयो । त्यस्तै विश्व अन्डा आयोगको रिपोर्टअनुसार विश्वभरि प्रतिव्यक्ति प्रतिवर्ष औसत अन्डा खपत १७९ वटा रहेको छ तर नेपालमा ४४ वटा मात्र छ । अमेरिकामा वार्षिक प्रतिव्यक्ति अन्डाको उपभोग २५१ वटा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)