चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Sun Aug 09 03:00:45 GMT 2026

आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ।
उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो। लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ। उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर रु दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) रु एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क रु ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)