कैलाली कारागारबाट निस्केका फोहोरले स्थानीयवासी समस्यामा
ratopati.com · Fri Jan 02 20:05:45 GMT 2026

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला कारागारबाट निस्कने ढलले वरिपरिको वातावरण दुर्गन्धित हुँदा स्थानीयवासी प्रभावित भएका छन् ।
कारागारभित्रबाट निस्कने शौचालयको फोहोरले कारागार वरिपरि दुर्गन्धित वातावरण भइरहेपनि फोहोरको उचित व्यवस्थापनमा ध्यान नदिइएको स्थानीयको गुनासो छ ।कारागार नजिकैको निजी खेतीयोग्य जग्गा ढलले भरिएपछि जग्गा धनी स्थानीय पार्वती खरेल खेती गर्नबाट वञ्चित भएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)