मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

झापामा आजदेखि ‘अर्थोकोन–२०२६’ सम्मेलन

ratopati.com · Wed Feb 11 20:37:21 GMT 2026

झापा । झापामा हाडजोर्नी चिकित्सकहरूको बृहत् सम्मेलन ‘अर्थोकोन–२०२६’ हुने भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्कसहरुको बृहत् सम्मेलन हुने भएको हो ।

बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष डा लक्ष्मी मैनालीले आजदेखि फागुन ४ गतेसम्म हुने सम्मेलनमा एक सय जनाभन्दा बढी हाडजोर्नीका अन्तर्राष्ट्रिय चिकित्सक तथा नेपालका ४०० भन्दा बढी हाडजोर्नी चिकित्सकको बृहत् सहभागिता रहने बताए । ‘शिक्षा, नवप्रवर्तन र सहयोग’ भन्ने मूल नाराका हुने सम्मेलनले यहाँको स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्नाका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)