दाङका १६१ खाद्य व्यवसायमा अनुगमन
ratopati.com · Sat Oct 10 16:36:34 GMT 2026

तुलसीपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङले एक वर्षमा १६१ पटक विभिन्न खाद्य व्यवसायको निरीक्षण तथा अनुगमन गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सोही बराबरका व्यवसायको अनुगमन गरिएको हो । जसमध्ये कार्यालयका खाद्य निरीक्षक मात्र संलग्न रहेका ८८ वटा एकल अनुगमन र विभिन्न नियमनकारी निकायका प्रतिनिधिसहितका ७३ वटा संयुक्त अनुगमन गरिएको सूचना अधिकारी सुदर्शन गोसाइँले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)