बास्नादार बासमतीमा नेपाल-भारत-पाकिस्तानबीच जीआई अधिकारमा विवाद
kendrabindu.com · Sun Aug 09 03:11:55 GMT 2026

काठमाडौं । बासमती धानको उत्पत्ति, भौगोलिक संकेत (जीआई) अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दाबीलाई लिएर भारत, पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपालसमेत जोडिएको बहस झन् बल्झिँदै गएको छ।
बासमतीको जीआई अधिकारलाई लिएर भारत, पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दाबी–प्रतिदाबी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानुन ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयकमार्फत जीआईलाई कानुनी मान्यता दिने तयारी अघि बढाएसँगै बासमती चामल, इलाम चिया, जुम्लाको सिमी, भक्तपुरको जुजु धौजस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)