गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयलाई छ अर्ब छ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो, जसअनुसार लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ।
कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंले दिएको जानकारीअनुसार सङ्कलित कुल राजस्वमा आयकरतर्फ दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्कबाट ६७ करोड ८९ लाख पाँच हजार रुपैयाँ उठेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)