रियाद विमानस्थलमा हुथी आक्रमण, केही व्यक्ति घाइते
ratopati.com · Sat Oct 10 16:43:36 GMT 2026

रियाद । यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेको एक कूटनीतिक स्रोतले एएफपीलाई बताएको छ । दर्जनौं घाइते भएको जनाइएको छ भने एक प्रत्यक्षदर्शीले टर्मिनलमा आतङ्कको वर्णन गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी अधिकारीहरूले कुनै नयाँ आक्रमण वा विमानस्थल खाली गर्ने कार्य भइरहेको भन्ने सूचनाको खण्डन गरेका छन् तर एक प्रत्यक्षदर्शीले उडान चढ्न प्रतीक्षा गर्दा विस्फोटको आवाज सुनेको बताएका छन् । अर्काले आक्रमण भएको आफुले देखेको र मानिसहरू घाइते भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)