गाउँमा स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी
deshsanchar.com · Sat Mar 29 17:01:54 GMT 2025

रामपुर (पाल्पा) – मुटु, दम, खोकीलगायत रोगको औषधोपचारका लागि गिरामती श्रेष्ठलाई अस्पताल पुग्न निकै सास्ती हुने गर्दछ। उमेरले ८५ वर्ष पुगेकी उनलाई शारीरिक अवस्थाका कारण भरसक उपचारका लागि अस्पताल जान नपरे हुन्थ्यो जस्तो लाग्छ।
शारीरिक अवस्था कमजोर भएकाले सवारीसाधनमार्फत लामो यात्रा गरेर बाहिर अस्पतालमा जाने झन्झटभन्दा उनी रोगसँग लडेर बस्न तयार छन्। यस्तो परिस्थितिमा गाउँमा स्वास्थ्य शिविरमार्फत विशेषज्ञसहित औषधोपचार सेवा पाउँदा उनी खुसी छिन्। रामपुर नगरपालिका–८ रानीवास बस्ने गिरामती गाउँमा उपचार सेवा पाइने थाहा पाएपछि लठ्ठीटेकेर नातिनीको सहारामा शिविरमा पुगिन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)