कांग्रेस महाधिवेशन : महामन्त्रीमा पौडेलको अग्रता, उपसभापतिमा भण्डारी अगाडि
ratopati.com · Sat Oct 10 17:18:23 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणनाको प्रारम्भिक नतिजामा महामन्त्री पदमा प्रदीप पौडेल र उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन् ।
सुरुका ५० मत गणना गर्दा खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले ३३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अमरसिंह पुन मगरले २१, उदयशमशेर राणाले १२, गुरुराज घिमिरेले ८, डा. सुनिलकुमार शर्माले १३, नैनसिंह महरले ४, डा। सन्तोष उपाध्यायले ५ र शंकर तिवारीले २ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)