‘पिसाबमा रगत देखिए बेवास्ता नगर्नुस्, ५० वर्षपछि क्यान्सरको जोखिम’ : डा. कटवाल
kalakarmi.com · Sun Aug 09 03:55:00 GMT 2026

काठमाडौं- ५० वर्ष माथिको उमेरमा पिसाबमा रगत देखिए त्यसलाई सामान्य रूपमा नलिई तत्काल युरोलोजिस्टसँग परामर्श गर्नुपर्ने विशेषज्ञहरूले बताएका छन् । पिसाबमा रगत देखिनु पिसाब थैली, मिर्गौला वा पिसाब नलीको क्यान्सरको संकेत हुनसक्ने भएकाले समयमै परीक्षण आवश्यक रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा.विजयमान सिंह कटवालले बताए । डा. कटवालले विशेषगरी धुम्रपान गरेका व्यक्तिमा पिसाबमा रगत देखिए क्यान्सरको सम्भावनालाई गम्भीर रूपमा हेर्नुपर्ने पनि बताए ।
उनका अनुसार पिसाब पोल्ने वा संक्रमणबिना एकपटक मात्रै रगत देखिएपनि ५० वर्षभन्दा माथिका व्यक्तिले तत्काल चिकित्सकसँग जाँच गराउनुपर्छ । उनले भने,’५० वर्षभन्दा माथिको मान्छेलाई पिसाबमा रगत देखियो भने एकदम खतरनाक हुन्छ । पिसाब थैलीको क्यान्सर अथवा मृगौलाको, पिसाब नली, पिसाब थैलीको क्यान्सर हुने चान्स हुन्छ । चुरोट खाने मान्छेहरू हुनुहुन्छ भने पिसाबमा रगत देखियो भने म्याक्सिमम चान्सेस क्यान्सर हो कि भन्ने हुन्छ। ‘
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)