क्यानडामा डढेलोका कारण हजारौँ मानिस विस्थापित
nepalviews.com · Sun Aug 09 03:59:05 GMT 2026

एजेन्सी । पश्चिमी क्यानडाको एक दुर्गम क्षेत्रमा तीव्र रूपमा फैलिएको डढेलोका कारण हजारौँ मानिसहरू आफ्नो घर छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ पलायन हुन बाध्य भएका छन्। शुक्रबार पहिलोपटक देखिएको यो डढेलो त्यसयताको छोटो अवधिमै दोब्बर आकार मा फैलिएको छ।
‘ब्रिटिस कोलम्बिया वाइल्डफायर सर्भिस’ का अनुसार ‘बाल्ड रेन्ज’ नामक यो डढेलोले अहिले ब्रिटिस कोलम्बियाको समरल्याण्ड र ओकानागन–सिमिलकामी क्षेत्रका ३६ वर्ग माइल (९५ वर्ग किलोमिटर) भन्दा बढी भूभाग ओगटेको छ। ओकानागन–सिमिलकामी क्षेत्रीय जिल्लाका आपत्कालीन अधिकारी एरिक थम्पसनले आगलागी प्रभावित यस क्षेत्रमा यति छोटो समयमा यति द्रुत गतिमा र ठूलो क्षेत्रमा फैलिएको यो पहिलो घटना भएको बताएका छन्। शनिबार बिहानसम्म पनि यो डढेलो नियन्त्रण बाहिर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)