रुसी राष्ट्रपति पुटिन र बेलारुसी समकक्षीबीच टेलिफोन वार्ता
lokaantar.com · Thu Nov 02 00:15:00 GMT 2023
मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारूसका आफ्ना समकक्षी अलेक्जेन्डर लुकासेन्कोबीच बुधवार भएको टेलिफोन वार्तामा सामुहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ)को आसन्न बैठक र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।
क्रेमलिनले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘नेताहरूबीच नोभेम्बर २३ मा मिन्स्कमा हुने सीएसटीओको सामूहिक सुरक्षा परिषद्को अर्को बैठकको तयारीबारे छलफल भएको छ । उहाँहरूले द्विपक्षीय सहयोगको विकास र ऊर्जा, यातायात र उच्च प्रविधिको क्षेत्रसहित केन्द्रीय राज्यको एकीकरणलाई अगाडि बढाउने बारेमा पनि छलफल गर्नुभएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)