निजी स्वार्थमा सीटीईभीटीले भर्नाबारे रडा मच्चाइयो : परिषद्का उपाध्यक्ष अधिकारी
ratopati.com · Tue Aug 01 06:50:00 GMT 2023
काठमाडौं । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीचको लफडा चर्किरहेको छ । यो विषयमा चिकित्सा शिक्षा सुधारक अभियन्ता प्राडा गोविन्द केसीले आन्दोलनको चेतावनी नै दिएका छन् ।
केसीले सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न मागसमेत गरेका छन् । परिषद्ले अगाडि बढाएको सिट निर्धारण प्रक्रिया र भर्ना प्रक्रिया रोक्न आयोगले समेत भनेको छ । दुई निकायबीच देखिएको क्षेत्राधिकारको लडाइँमा केसी पनि मुछिएका छन् । उनले साउन २९ गतेदेखि अनसन बस्ने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)