दाङका १६१ खाद्य व्यवसायमा अनुगमन, १३ मुद्दा दायर
gorkhapatraonline.com · Sat Oct 10 16:33:37 GMT 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङले एक वर्षमा १६१ पटक विभिन्न खाद्य व्यवसायको निरीक्षण तथा अनुगमन गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सोही बराबरका व्यवसायको अनुगमन गरिएको हो । जसमध्ये कार्यालयका खाद्य निरीक्षक मात्र सङ्लग्न रहेका ८८ वटा एकल अनुगमन र विभिन्न नियमनकारी निकायका प्रतिनिधिसहितका ७३ वटा संयुक्त अनुगमन गरिएको सूचना अधिकारी सुदर्शन गोसाइँले जानकारी दिनुभयो । जसमा ९५ पटक खाद्यबजार तथा पसल, १७६ वटा खाद्य उद्योग, ७१ पटक होटल, रेस्टुरेन्ट तथा खाजाघर, ४० पटक दूध, तेल र प्रशोधित पिउने पानीजस्ता संवेदनशील उद्योगको अनुगमन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)