‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ प्राडा पोखरेललाई प्रदान
gorkhapatraonline.com · Sat Oct 10 16:48:56 GMT 2026

भाषावैज्ञानिक, समालोचक एवम् निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण गरिएको छ । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिबार आयोजित साहित्य सन्ध्याकोे ४८१ औँ विशेष शृङ्खलामा सो पुरस्कार प्रदान गरिएको हो ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा प्रा.डा.अभि सुवेदीले साहित्य सन्ध्याको चार दशकभन्दा लामो निरन्तरको सव्रmीयता अनुकरणीय रहेको बताउनुभयो । उहाँले सम्मानित व्यक्तित्व प्रा.डा.माधव्रसाद पोखरेल नेपालका अत्यन्त दुर्लभ, अथकित अनुसन्धानमा लागेका विद्वान् भएको चर्चा गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)