वरिष्ठ मूर्तिकार कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने
gorkhapatraonline.com · Sat Oct 10 15:43:49 GMT 2026

नेपाली परम्परागत मूर्तिकलाका वरिष्ठ कलाकार, नेपालका प्रथम ललितकला उपाधिप्राप्त कलाकार तथा ‘क्रोधकला शिरोमणि’ स्वर्गिय कालु कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने भएको छ ।
ललितपुरमा शनिबार आयोजित कुमालेको श्रद्धाञ्जलीसभाका अवसरमा इन्फिनिटी सर्भिस संस्थाकातर्फबाट उक्त जानकारी दिइएको हो । कार्यक्रम आगामी नोभेम्बर १ तारिखमा हुनेछ । विसं १९९० जेठ २७ गते ललितपुरको ऐतिहासिक ओकुबाहलमा जन्मनुभएका कालु कुमालेको ९४ वर्षको उमेरमा यही असोज ६ गते निधन भएको थियो । स्वभावले अत्यन्त शान्त भए पनि रौद्ररूपी क्रोधमुद्राका मूर्ति निर्माणमा सिद्धहस्त उहाँले नेपाली परम्परागत मूर्तिकलालाई विश्वमञ्चमा चिनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)