कांग्रेस महाधिवेशन : जसले सबैभन्दा बढी मत पाए
baahrakhari.com · Sun Dec 19 17:06:00 GMT 2021
काठमाडौं । कांग्रेस खुला केन्द्रीय सदस्यतर्फ शंशाक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनी ३८३६ मत ल्याएर विजयी भए ।
पदाधिकारीतर्फ गगन थापाले सर्वाधिक मत ल्याएका थिए । महामन्त्रीमा जम्मा ४६८२ मत खसेकोमा उनले ३०३२ मत ल्याए । महामन्त्रीमा निर्वाचित अर्का नेता विश्वप्रकाश शर्माले १९८४ मत ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)