विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड
khabarhub.com · Sun Aug 09 04:15:43 GMT 2026

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने बताउनुभएको छ। विश्व आदिवासी जनताको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो कुरा बताउनुभएको हो।
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक र सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि सङ्घर्षलाई सशक्त बनाउनुपर्नेमा प्रचण्डले जोड दिनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)