होम डेलिभरी सहज बनाइदिन ई–कमर्श कम्पनीका प्रतिनिधिहरुको आग्रह
ratopati.com
काठमाडौं । ई–कमर्श कम्पनीहरुको साझा संस्था ई–कमर्श संघ नेपालले होम डेलिभरी सेवालाई सहज बनाइदिन सरकारसँग माग गरेको छ । महामारीको समयमा भौतिक दुरी कायम गरी डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षित होम डेलिभरी गर्न प्रशासनमार्फत आवश्यक समन्वय हुनुपर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत वर्षको विषम परिस्थितिमा पनि ई–कमर्स कम्पनीहरुले आम उपभोक्तालाई सुरक्षीत ढंगले सुविधा पुर्याउँदा पुर्याउँदै प्रशासनबाट अवरोध र धरपकडको सामना गर्नुपरेको समेत विज्ञप्तिमा भनिएको छ । हाल स्कुलदेखि विश्वविद्यालय बन्द भइ विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको समयमा किताब एवम् स्टेशनरी सामानलाई पनि अत्यावश्यक वस्तुमा सूचीकरण गरी निर्वाध डेलिभरीको वातावरण बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)