इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान
barnanmedia.com · Sun Aug 09 04:26:21 GMT 2026

माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) रु चार हजार ५०० का दरले बिक्री गर्नुभएको हो । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उहाँले भन्नुभयो ।
पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गर्नुभएका उहाँले २० मन बीउ राखेर बाँकी बेच्नुभयो । उहाँले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोप्नुभएको छ । उहाँले भन्नुभयो, “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)