डडेल्धुराको रंगुन नदीले उजाडेको बस्ती
annapurnapost.com · Sun Aug 09 04:38:58 GMT 2026

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–६ सीमलखेतका गोरे थापा अहिले घरबारविहीन भएका छन् । स्थानीय रंगुन नदीले उनको १५ रोपनी जग्गा बगर बनाई दिएपछि उनी घरबारविहीन भएका हुन । उनी अहिले सोही वडाको बैजनाथ सामुदायिक वन छेउको सडक किनारमा अस्थायी बसोबास बनाएर बसेका छन् ।
गोरे थापाका बुवा कालुसिह थापा ४ छोरा ल्याएर २०३६ सालमा सिमलखेत झरेका हुन । अछामको अहिलेको साँफेबगर नगरपालिका–६ पाटलकोटमा खानकै लागि वर्षको ३ महिना पनि अन्न उब्जनी नहुने भएकाले कालुसिह परिवारसहित डडेल्धुराको भित्री मधेस क्षेत्रमा बसाई सरेका हुन। २०६४ सालमा आएको बाढीले रंगुन नदी छेउको १५ रोपनी लालपुर्जावाला जग्गा बगर बनाई दिएपछि उनी अहिले घरबारविहीन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)