मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

श्रेष्ठको सभापतित्वमा उद्योग वाणिज्य महासंघ अनुशासन समिति गठन

dcnepal.com · Sat Apr 17 17:46:09 GMT 2021

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ । अनुशासन समितिको उपसभापतिमा पूर्वअध्यक्ष कुशकुमार जोशी छन्।

त्यसैगरी समितिको सदस्यमा महासङ्घका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् । समितिको सल्लाहकारमा महासङ्घका पूर्वअध्यक्ष महेशलाल प्रधान रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)