मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्याक्सवेलको आक्रमक ब्याटिङमा अष्ट्रेलिया विजयी 

baahrakhari.com · Tue Jun 14 19:03:00 GMT 2022

काठमाडौं । ग्लेन म्याक्सवेलले आक्रमक रूपमा अविजित ८० रन बनाएपछि अष्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ विकेटको विजय हासिल गरेको छ ।

पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०० रन बनाएको थियो । वर्षाले खेल प्रभावित भएपछि दोस्रो इनिङ्सको खेल ४४ ओभरमा छोट्याइएको थियो । अष्ट्रेलियाले ४४ ओभरमा २८२ रनको लक्ष्य पाएको थियो । जुन अष्ट्रेलियाले ४२.३ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)