मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सनराइज बैंकको रक्तदान

abhiyandaily.com

काठमाडौं (अस) । सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान आयोजना गरेको छ । ‘सहयात्रा जीवन सुरक्षाका लागि’ नारासहित बैंकले ७ वटै प्रदेशमा रक्तदान आयोजना गरेको हो । बैंकले आयोजना गरेको रक्तदानमा २५५ जनाले रक्तदान गरेका थिए ।

आउँदै गरेका चाडवाडमा मानिस किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समय हुन सक्ने रगत अभाव पूर्ति गर्न रक्तदानले सहयोग पुर्‍याउने बैंकको विश्वास छ । बैंकले वार्षिकोत्सव अवसरमा असोजभरि वातावरण, स्वास्थ्य, सरसफाइलगायत कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)