पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालन
nepalviews.com · Sun Aug 09 04:51:12 GMT 2026

काठमाडौं । बीवाईडीले पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका–१०, बुद्धचोकमा साइमेक्स इंक प्रालिको आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।
नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ । यसबाट गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकले आधिकारिक बिक्रीपछिको सेवा लिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)