इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले लिभरपुललाई हरायो
Ujyaaloonline.com · Sun Oct 30 00:56:38 GMT 2022
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । राति भएको खेलमा लिड्स युनाइटेडले लिभरपुललाई २–१ गोलले हरायो ।
खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोको गोलबाट अग्रता बनाएको लिड्सले अन्तिम मिनेटमा एक गोल गर्दै जित निकाल्यो । लिभरपुलका मोह्याम्मद सलाहले खेलको १४ मिनेटमा गोल गरे । अङ्क तालिकामा लिभरपुल १२ खेलमा १६ अङ्ककासाथ नवौँ स्थानमा छ । समान खेलमा लिड् युनाइटेड १२ अङ्कसहित १५औँ स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)