पाँचथर पावर वित्तीय अवस्था : ऋणात्मकबाट पुनरागमन, साढे ८ करोड नाफामा
arthasansar.com · Sun Aug 09 05:03:09 GMT 2026

पाँचथर पावर कम्पनी लिमिटेडले आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्ष ऋणात्मक अवस्थामा रहेको कम्पनीको नाफा गत आर्थिक वर्षको अन्तिमसम्ममा नाफा धनात्मक बनेको हो ।
कम्पनीले पछिल्लो एक वर्षमा आफ्नो वित्तीय अवस्थामा लोभलाग्दो सुधार गर्दै बलियो पुनरागमन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८ करोड ५१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ६ करोड १७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानीमा खुम्चिएको थियो । कम्पनीले १ वर्षमै नोक्सानीलाई नाफामा बदल्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)